घर भत्काउने क्रममा पर्खालको इँटाले च्यापेर गोलडुङ्गा डेरा गरी वस्ने नुवाकोट सुनाखानीका रुपेश तामाङो मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका-३२ न्युप्लाजास्थित वद्रीकुमार श्रेष्ठको आठतले घर भत्काउनेक्रममा पर्खालको इँटाले च्यापेर गम्भीर घाइते भएका उनको मोडेल अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो।