शेयर बजार धनात्मक

 साताको अन्तिम दिन विहीबार शेयर बजार नगन्य अंकले भएपनि धनात्मक रहेर थामियो । अघिल्ला दिन बुलिस ट्रेन्डमा रहँदै आएको बजार यसदिन सामान्य अंकले हरियो रहेर थामिएको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले धनात्मक रहेर ९ सय २६ कायम भयो । यसदिन पनि कारोबार भएकामध्ये बढिजसो समूह हरियो रहे । अन्य र व्यापार समूह दोहोरो अंकले उकालो लागे । बीमा, विकास बैंक र वित्त समूह पनि हरियो रहे । जलविद्युत, होटल र वाणिज्य बैंक समूह भने रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय १६ कम्पनीको ७ लाख ८५ हजार कित्ता शेयर २७ करोड १० लाख बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।