pic of tokyo japanको लागि तस्बिर परिणाम

टोकियोमा मध्यरातपछि नाच्नु अब गैरकानुनी नहुने भएको छ । विश्वमा क्लब संस्कृति भएका मुलुकमध्ये एक जापानको संसद्ले बुधबार मध्यरातपछि नाच्न लगाइँदै आएको प्रतिबन्ध हटाउन मतदान गरेको छ ।
अघिल्लो कानुनमा हालसम्म जापानभरका नृत्य क्लबहरूले रातको १२ बजेपछि आफ्नो व्यापार बन्द गर्नुपर्ने व्यवस्था थियो ।
उक्त कानुनी व्यवस्था अमेरिकाले जापानलाई नियन्त्रणमा लिएपछि सन् १९४८ मा लागू गरिएको हो । त्यस समयमा सामाजिक रूपमा उदार प्रवृत्ति राख्ने अमेरिकीहरूले जापानी युवाको आचरण बिगारेको भनी चिन्ता व्यक्त गरिँदा उक्त कानुन कार्यान्वयनमा आएको हो ।
दोस्रो विश्वयुद्धपछि जापानमा गरिबी बढिरहेको थियो । त्यस समयमा वेश्यावृत्तिलाई नियन्त्रण गर्न पनि उक्त कानुन ल्याइएको थियो ।
मनोरञ्जन व्यवसाय नियन्त्रण र सुधार नामक कानुनी व्यवस्थाले जोडी मिलेर नाच्ने बलरुम नाचमाथि र त्यसका कक्षामा पनि प्रभाव पारेको थियो । जापानी अर्थतन्त्र सन् १९६०, ७० र ८० का दशकमा निकै अगाडि बढ्दा यस कानुनलाई केही खुला बनाइएको थियो । त्यतिखेर क्लबहरू ठूला नगरमा खुल्न थालेका थिए ।
दशकौँसम्म यस्ता रात्रिनृत्य क्लबहरूमाथि ध्यान दिइएको थिएन । सन् २०१० मा ओसाका क्लबमा झगडा हुँदा २२ वर्षीया एक विद्यार्थीको मृत्यु भएपछि प्रहरीले तिनीहरूमाथि कारबाही गर्न थालेको छ । त्यस समयमा प्रहरीले आवश्यकताभन्दा बढी भोगी वातावरण नियन्त्रण गर्न पनि यस प्रकारको पाइला लिइएको बताएको थियो ।
प्रहरीले नगरका प्रमुख नृत्यस्थलले अनुमतिपत्रमा राखिएको सर्त उल्लंघन गरेको आरोपमा त्यस्ता स्थान बन्द गरिदिएको थियो । यसबाट ओसाकामा बिस्तार भइरहेको नृत्यको परिदृश्यमा रोक लागेको थियो ।
नृत्य तथा संगीतका प्रमुख व्यक्तिहरूले सरकारले जापानको
बढ्दो नृत्य संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ भनी मध्यरातमा नृत्यमाथि लगाइएको प्रतिबन्धको कडा आलोचना गरेका थिए । पूर्णरात नृत्यका लागि वकालत गर्नेहरूले प्रहरीको कार्य सामयिक नभएको र पाखण्डपूर्ण भएको आरोप लगाएका थिए ।

सेक्सी केटा र केटीहरूलाई लागि सुख,जापानमा मध्यरातको नृत्य फुकुवा