पुरुषको लागि जस्तै महिलाहरुका लागि पनि यौनइच्छा बढाउने औषधि महिला भियग्राको पनि छिटै व्यवसायिक उत्पादन हुने देखिएको छ ।अमेरिकाको फेड्रल एडभाइजरी प्यानलले महिलाहरुले यौनइच्छा बढाउने उपायको रुपमा प्रयोग गर्ने ‘फ्लाइबेन्सरिन’ नामक महिला भियग्रालाई स्विकृति दिन सिफारिस गरेको हो ।स्मरण रहोस् पुरुषहरुका लागि जस्तै महिलाले समेत आफ्नो यौन उत्तेजना बढाउने औषधि उपलब्ध हुनुपर्ने र त्यसको व्यवसायिक उत्पादनलाई वैधानिकता दिनुपर्ने भन्दै अमेरिकामा विभिन्न महिलावादी संगठनहरुले जबरजस्त अभियान तथा पैरवी गर्दै आएका छन् ।अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनको एडभाइजरी कमिटीका सदस्यहरुले महिलाहरुमा यौन उत्तेजना बढाउने ‘फ्लाइबेन्सरिन’ नामक औषधिलाई उत्पादन र प्रयोगको स्विकृती दिने निर्णय बहुमतबाट गरेको हो । यो महिला भियग्रालाई स्विकृति दिनुपर्छ भन्ने पक्षमा १८ र दिनु हुँदैन भन्ने पक्षमा ६ भोट परेको थियो ।

साथै कमिटीले यो औषधिको साइड इफेक्टलाई कम गर्न प्रभावकारी कदम चाल्न समेत सुझाव दिएको छ । साथै यो औषधि महिलाहरुलाई सिफारिस गर्दा यसले गर्ने रक्तचापमा गिरावट तथा बेहोसी जस्ता असरका विषयमा डाक्टरहरुले सुरुमै सचेत गराउनुपर्नेछ ।यसअघि सन् २०१० मा यो औषधिलाई अनुमति दिने प्रस्तावलाई अमेरिकी एफडीएले अस्विकृत गरेको थियो । यो औषधिले अनिद्रा, थकान जस्ता असर पूराउने दाबी उसको थियो र कमिटीले फ्लाइबेन्सरिनलाई एकमतले अस्विकृत गरेको थियो ।एडभाइजरी कमिटीको सिफारिस बमोजिम अब एफडिएले यो औषधिलाई अगष्ट १५ सम्ममा स्विकृति दिने अनुमान गरिएको छ ।

Sex

आउँदैछ ‘महिला भियग्रा’