संचारकर्मी अर्जुन के आरले पहिलो पटक एक भिडियोको निर्देशन गरेका छन् । ‘बुद्धका आँखा हेर सालिन छन्’ बोलको राष्ट्रियता बोकेको गीतमा मधु शाहीको शब्द, गायक ज्योती प्रकाश र गायिका जुना प्रसाइको आवाज छ । भुकम्पले क्षतीग्रस्त भएका विभिन्न स्थानमा यो भिडियो खिचिएको छ ।
सुनधारा, स्वयम्भु, साँखु लगायतका क्षेत्रमा यो भिडियो खिचिएको हो । निर्देशक संग्रौलाले भिडियोमा खुबै मिहिनेत गरेकाले दर्शकले मन पराउने बताए ।
भिडियोमा दीपाश्री निरौला, निर्मल शर्मा, जितु नेपाल, झरना थापा, सुरविर पण्डित, दिपकराज गिरीलाई देख्न सकिनेछ । भुकम्पपछि मानिसहरुमा नैराश्यता छाएकाले यो गीतले सबैलाई एकतामा बाध्न मद्दत पुर्याउने निर्देशकले दाबी गरे ।