football
राजधानी बाहिरकै चर्चित १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सोमबार आयोजक रूपन्देही–११ विजयी भएको छ। उसले पोखराको भ्याली स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–२ ले पछाडि पार्‍यो।बुटवल १३ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको निर्धारित समयमा दुवै टिम २–२ को बराबरीमा पुगेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा रूपन्देही ११ का तर्फबाट शिव श्रेष्ठ, सुजल श्रेष्ठ, पुकार गहतराज र विजय धिमालले गोल गरेका थिए। टाइब्रेकरमा विमल घर्तीमगरको प्रहार भने बाहिरिएको थियो।
उता भ्याली स्पोटर््सका तर्फबाट विक्रम लामा र सरोज दाहालले एक/एक गोल गरे। लावल ओले र विजय गुरुडको प्रहार गोलरक्षक दिलीप क्षेत्रीले समाते। पहिलो हाफको ३१ औं मिनेटमा भ्याली स्पोर्ट्सका इलबिसले गोल गरेर खाता खोलेका थिए। त्यसपछि आक्रामक बनेको खेलमा रूपन्देही–११ का तर्फबाट पहिलो हाफकै अन्तिम मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकलाई दीपक राईले गोल गरेर बराबरीमा पुर्‍याएका थिए।
घरेलु मैदानमा दर्शकको हुटिडले हौसिएको रूपन्देही ११ ले दोस्रो हाफको २९ आंै मिनेटमा अर्को गोल थपेर अग्रता लियो। जसमा विमल घर्तीले गोल गरेका थिए। उक्त अग्रतालाई भने रूपन्देही–११ ले धेरैबेर कायम राख्न सकेन। खेल सकिन एक मिनेट बांँकी रहँदा भ्याली स्पोटर््सका तर्फबाट विशाल राई ‘बी’ ले गोल गरेर खेल बराबरीमा पुर्‍याएका थिए।
गर्मी र टिमका खेलाडीबीच सामञ्जस्यता नहुँदा खेलमा असफलता बेहोर्नुपरेको पोखरा भ्यालीका कप्तान विजय गुरुडले प्रतिक्रिया दिए। यता विजेता रूपन्देही–११ का टिम प्रशिक्षक प्रकाश मल्लले भने व्यक्तिगत रूपमा सफल खेलाडी र आफ्नै खेलमैदान भएकाले जित हात पारेका बताए। प्रतियोगितामा भ्याली स्पोर्ट्स पोखराका विजय गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए।

तिलोत्तमा गोल्डकप, रूपन्देही–११ विजयी