भूकम्पपछिको सुख्खा पहिरोका कारण काभ्रेका विभिन्न गाविसका ४ सय १९ परिवार विस्थापनको खतरामा छन्। पहिरोको उच्च जोखिममा रहेका ती परिवार सुरक्षित बासको खोजीमा छन्।
जिल्ला दैवीप्रकोप उद्धार समिति अन्तर्गत नेपाली सेनाको खड्ग दल गणले ती स्थानको स्थलगत अवलोकनपछि जोखिम पहिचान गरेको हो। जिल्लाका ६ नगरपालिका र ७६ वटै गाविसमा टोली परिचालन गरिरहेका छौँ, गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले भने, सुरक्षित स्थानमा सार्न पनि सहयोग गरिरहेका छौँ। सेनाको प्रतिवदन अनुसार पोखरीचौरी ३ र ४ स्थित तुषारेको पहिरोको कारण दुई वडाका १ सय ४० परिवार जोखिममा छन्। उक्त स्थानमा २ किलोमिटर सुख्खा पहिरो गएको छ।
महादेवस्थान ३ रायोवारीका ११, माझिफेदा ९ सलम्बुका ३०, नार्गेगगर्चे ९ मादलेटोलका १५ परिवार उच्च जोखिममा छन्। देवीटार ४, भीमखोरी ४ तथा मादन कुँडारी ९ चुच्चेडाँडामा पनि जमिनमा चिरा परेको छ। कात्तिकेदेउराली ३ पाथीभराका ५५ परिवार विस्थापित हुने अवस्थामा छन्। ठूल्ठूला ढुंगासहितको पहरो चर्किएकाले त्यहाँ जोखिम छ।
नाग्रेगगर्चे ८ का ४ परिवार, मादनकुँडारी ९ का २ तथा कात्तिकेदेउराली २, ४, ५ र ६ का ६५ परिवार उच्च जोखिममा छन्। उक्त गाविस ७ का १७ परिवार जमिन ५० मिटर चर्केकाले विस्थापनको अवस्थामा छन् भने ७ कै ३५ परिवार, ८ का १६ र ९ का ९ परिवार सुरक्षित स्थानको खोजीमा छ। बिर्तादेउरालीका ५ र गोठपानीका १४ परिवार पनि पहिरोको उच्च जोखिममा छन्।
स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले यो प्रारम्भिक तथ्यांक भएको उल्लेख गर्दै गाविसमा खटिएका प्राविधिकबाट थप तथ्यांक आउने बताए। गाउँमा खटिएका टोलीबाट थप तथ्यांक आउँछ, उनले भने, गाविसका आएको सूचना प्राविधिक टोली पठाएर प्रमाणित गर्छौं।
१ सय १७ विस्थापित
सुख्खा पहिरो र जमिन चर्किएका कारण जिल्लाका १ सय १७ परिवार विस्थापित भइसकेका छन्। उनीहरू छिमेकी, गाविसको सुरक्षित स्थान तथा सहरबजारमा बसिरहेका छन्। च्याम्राङबेंसीका ९१, कुशादेवी कैदाभञ्ज्याङका ४, रयाले बिहावरका ४, भूमिडाँडाका १४, टुकुचा चारघरेका ४ परिवार विस्थापित भएका छन् । ईकन्तिपुरमा समाचार छ ।