nepali-film-ka-kalakarवैशाख १२ गते गएको भुकम्पका कारण तत्काल निर्माताहरु चलचित्र चलाउन तयार छैनन् । चलचित्र चलाउँदा लगाएलगानीको केही अंश पनि नउठ्ने हो कि भन्ने डर छ । हुनपनि, हलमा दर्शकको उपस्थिती न्यून भएका कारण निर्माताले चलचित्र रिलिज गर्न नसकेका हुन् ।
जसका कारण अहिले हलमा नयाँ चलचित्र नहुँदा दर्शकको उपस्थित झनै हुन सकेको छैन । यस्तो अवस्थामा कसरी अगाडि बढ्न सकिएला ?
हलहरुको छाता संगठन चलचित्र संघले असार र साउनमा चलचित्र चलाउने निर्मातालाई विशेष सुविधा दिने प्रस्ताव अघि सारेको छ । संघले निर्णय गरेर नै असार र साउनमा नयाँ चलचित्र चलाउने निर्मातालाई कमाईको शेयर बढी दिने बताएको छ । यस्तै, चलचित्रलाई ‘एमजी’मा लिन सक्ने प्रस्ताव पनि अघि सारिएको छ ।
यसका लागि वितरण कम्पनी एफडीले पहल गर्ने बताएको छ । असार र साउनमा ‘लभ सब, अधकट्टी र भैरव’ चलचित्र प्रदर्शन गर्ने तयारी पनि गरिएको छ, मिति पक्का भएको छैन’एफडीका प्रमुख प्रदिप उदयले जानकारी दिए ।
वितरक, हलसंचालक तथा निर्माता गोपाल कायस्थका अनुसार हलले निर्मातालाई ६० प्रतिशत शेयर अनिवार्य नै दिनुपर्ने हुन्छ । तर, त्यो भन्दा बढी शेयरको हकमा भने निर्माता, वितरक र हल संचालकले सहमती गर्न सक्नेछन् । भुकम्पले काठमाण्डौ भित्रका हलमा धेरै समस्या भएपनि नयाँ चलचित्र नचल्दा काठमाण्डौ बाहिर संचालनमा आएका हल पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
जसका कारण असार र साउनमा चलचित्र चलाउँदा निर्मातालाई मुनाफा हुने दृष्टिकोणले निर्णय गरिएको छ । यो निर्णय काठमाण्डौ बाहिरका हलमा पनि लागू हुनेछ । भदौ भन्दा अगाडि कुनै पनि नयाँ चलचित्र प्रदर्शन गर्न निर्माताहरु डराएपछि चलचित्र संघले यस्तो प्रस्ताव अगाडि सारेको हो । अब यो प्रस्तावलाई निर्माताहरुले कसरी लिने हुन्, हेर्न बाँकी छ ।

असार र साउनमा चलचित्र चलाए निर्मातालाई हुनेछ यस्तो फाइदा