China-Anti-Smokingनयाँ कानुनको कार्यान्वयनसँगै चीनको राजधानी बेइजिङमा सार्वजनिक थलोमा धूमपानमा प्रतिबन्ध लागेको छ। चीनमा ३० करोडभन्दा बढीले धूमपान गर्छन्। चुरोट सेवनसँग सम्बन्धित रोगका कारणले वर्षेनी १० लाखभन्दा बढीको ज्यान जान्छ।
त्यहाँ यसअघि पनि यसमा प्रतिबन्ध थियो, तर पनि आनीबानीमा सुधार आएन। अबचाँहि बेइजिङको रेस्टुरेन्ट, कार्यालय र सार्वजनिक यातायातमा यस्तो गतिविधिमाथि निगरानी राख्न हजारौं निरीक्षकहरू परिचालन गरिएको छ। चीनमा चुरोटबिँडी पिउनु भनेको सामान्य गतिविधि हो। विश्वबाट उत्पादित चुरोटको एक तिहाइ यो मुलुकले सेवन गर्छ। पुरुषमध्ये आधाले त्यहाँ धूमपान गर्छन्। तुलनात्मक रूपमा महिलाले कमै उपभोग गर्छन्।
एकअर्कालाई अभिवादन गर्दा पनि पुरुषले चुरोट टक्रयाउँछन्। यसलाई त्यहाँ निकै राम्रो र महँगो उपहार मानिन्छ। कसैलाई एक कार्टुन चुरोट दिनु लोकप्रिय चलन हो। धूमपानविरोधी अभियान्ताहरूका अनुसार धेरैजसोलाई यसबाट हुने स्वास्थ्य जोखिमबारे थाहा हुन्न। उनीहरूले उल्टै चुरोटबाट हुने आयमा अधिकारीहरू भर परेको हुनाले यसको खतराबारे जनतालाई भनेको आरोप लगाउँछन्। तर, सरकारले मन परिवर्तन गरेको संकेतहरू देखा परेका छन्। विगतमा चीनका नेता माओ र उनका उत्तराधिकारी डेंग जिओपिङलाई हातमा चुरोट नबोकेको कमै देखिन्थ्यो। वर्तमान राष्ट्रपति सी जिनपिङले त्यो चलनलाई तोडेका छन्। उनले पूर्णत: छाडेका छन्। उनले आफ्ना अधिकारीहरूलाई समेत उदाहरणीय बन्न सार्वजनिक थलोमा चुरोट नफुक्न निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयबाट प्रकाशित निर्देशिकामा सन् २०११ मै राष्ट्रव्यापी रूपमै होटल र रेस्टुरेन्ट लगायतका सार्वजनिक थलोमा धूमपानमा प्रतिबन्ध लगाएको थियो। कानुन स्पष्ट नभएकोले यो लागू हुन सकेन। सन् २०१४ को नोभेम्बरमा नयाँ कानुनमा सहमति भयो।
नयाँ कानुन अनुरूप बेइजिङमा यो रोकविरुद्ध जानेलाई २ सय युआन (३२ डलर) जरिवाना हुनेछ। त्यस्तै यसको अवज्ञा गर्ने व्यापारीलाई १० हजार युआन जरिवाना तिर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनले नयाँ कडा नियमहरूको स्वागत गरेको छ। ‘यसले चीनको वायु प्रदूषणलाई कम गर्नेछ, अरूले गर्ने धूमपानबाट हुने खतरनाक क्षतिबाट २ करोड स्थानीय बच्ने छन्,’ चीनस्थित संगठनका प्रतिनिधि डा. बर्नहार्ड स्वार्टल्यान्डरले बताए। उल्लेखीय संख्यामा नागरिकले सेवन गर्ने हुनाले पूर्णत: रोकथाम सम्भव नहुने चीनको रोग नियन्त्रण केन्द्रका उप–निर्देशक याङ गोंगुआनले बताए।

बेइजिङमा सार्वजनिक थलोमा धूमपान प्रतिबन्ध