KUBINDE_SINDUPALCHOCK
भूकम्पले सातो उडाएका कुभिन्डेका रामजी नेपालले जब बराम्चेबाट ज्यान जोगाउन आएकाका कुरा सुने, त्यसपछि आफैंलाई चित्त बुझाए । उनको गाउँमा त भूकम्प आयो, विध्वंस गर्‍यो, गयो । बराम्चे र उत्तरका विकट गाउँमा त अनकण्टार भीर तर्साउने गरी हल्लिरहेका छन् । त्यहाँ बेला बेला सुख्खा पहिरो खसिरहेको छ । ज्यानै जोगाउन नसकेपछि भीरमुनिका एक बस्तीका १५ जना स्थानीय भागेर कुभिन्डेकै गोल्मा भन्ने ठाउँमा शरण लिएर आएका रहेछन् ।
‘हामी आफैं गएर उनीहरूलाई अस्थायी रूपमा बस्ने व्यवस्था मिलायौं । उनीहरू तर्सिरहेका छन् । अझै राम्रोसँग बोल्न सकिरहेका छैनन्,’ उत्तरी सीमा नजिकै गाउँका मान्छेको दु:ख सुनाउँदै नेपालले भने, ‘बराम्चेका ती बस्ती स्थानान्तरण नगर्ने हो भने कुनै पनि बेला थप दुर्घटना हुन सक्छ ।’
पहिरोले ज्यानै जाने डरले बराम्चीबासीले गोठमा पालेका गाईबस्तुको दाम्लो फुकाइदिएर आफूचाहिँ तीन गाउँ वर कुभिन्डेमा शरण लिन आएका रहेछन् । उनीहरूजस्तै अन्य टोलका बासिन्दा पनि गाईबस्तुलाई भीर–पाखामै छाडेर नजिकका सुरक्षित गाउँमा बसेका छन् ।
एकै जिल्ला भए पनि भूकम्पको थर्कावट र त्यसको मार गाउँ नै पिच्छे फरक–फरक छ भन्ने बुझ्न सिन्धुपाल्चोकका उत्तरी सीमा छेउका बस्ती र चौतारा आसपास हेरे पुग्छ । जसरी छिमेकी दोलखा जिल्लाको उत्तरी केन्द्र सिंगटी आसपास क्षेत्र बढी संकटग्रस्त छ, त्यही अवस्था सिन्धुपाल्चोकको उत्तरी बस्तीको देखिन्छ । दोलखाका लामाबगर, गौरीशंकर, बिगु, आलम्पु, सुरी, खारे, बुलुंगलगायत उत्तरी गाउँका केही बस्ती स्थानान्तरण गर्न स्थानीय प्रशासनले केन्द्रमा सिफारिस गरिसकेको छ । ती बस्तीमा पहिरोको उच्च जोखिम छ । वैशाख २९ गतेको दोस्रो ठूलो कम्पनले उत्तरी भेगका पहाडलाई नराम्ररी प्रहार गरेको थियो । उक्त दिन पहिरोमा परेका दर्जनौंको उद्धार अझै हुन सकेको छैन । त्यहाँको हालतभन्दा कम छैन सिन्धुपाल्चोकको बराम्चे, पांगतान, गुम्बा, सेलांग, भेडाबारी, नाम्फा, लिदी, गोल्चीलगायतका बस्तीका । नत्र दुहुनो गाई–भैंसी, असारे बेलाका हल गोरु, रहरलाग्दा बाख्रा लठभद्र पारी को कुद्दो हो !
...
स्वदेशी एवं विदेशी चिकित्सकसहित बोकेको हाम्रो टोली चढेको गाडी बलेफीबाट सिन्धुपाल्चोकको उत्तरी भेगतिर मोडियो । बलेफी खोलाको धमिलो पानी वरपरको भित्ता ठोक्दै बगिरहेको थियो । लगातारको भूकम्पको कम्पनले कतै पक्की, कतै कच्ची सडकको अवस्था नाजुक देखिन्थ्यो । वारिपारिका बस्तीका सबै घर बस्न नमिल्ने गरी भत्किएका छन् । कुनै ढुंगो माटोको थुप्रोमा विलीन छन् ।
हाम्रो गन्तव्य जलवीरेभन्दा वरै नौबीसे थियो । फुल्पिङकोट, फुल्पिङडाँडा, बतासे र कुभिन्डे चारवटै गाविसको केन्द्र भागमा छ यो ठाउँ । बलेफीबाट करिब ५ किलोमिटर मात्र दूरीको यो बाटो पार गर्न हामीलाई धेरै कठिन भइरहेको थियो । ठाउँ ठाउँमा सुख्खा पहिरो गइरहेकाले छेवैको डाँडो खस्ला कि भन्ने संशय मनभित्र थियो ।

उत्तरी गाउँको कथा बेग्लै भए पनि अलि वर भने आसलाग्दा पक्षहरू धेरै भेटिए । प्राय: सबै गाउँमा पहिलो चरणको राहत पुगिसकेको छ । टहराहरूमा सरकार र निजी तवरबाट पुगेका राहत सामग्री देख्न पाइन्थ्यो । त्रिपाल, टेन्ट, जस्तापाता, खाद्या सामग्री थोरै मात्रामा भए पनि स्थानीयबासीले पाएका थिए ।
बारीभरि मकैबालीले गाउँ हरियाली छ । तरकारी खेती पनि गरेकै छन् । कुभिन्डे त दुग्ध व्यवसायका लागि पनि चर्चित छ । कतिपय स्थानीयबासीले धेरथोर अन्न जोगाउन पनि पाएका रहेछन् । ‘खानकै दु:ख छैन । व्यवस्थित बस्तीचाहिँ कसरी बनाउने भन्ने मात्र हाम्रो चिन्ता हो,’ कुभिन्डेस्थित सेतीदेवी पञ्चकन्या उच्च माविका प्राचार्यले बालकृष्ण न्यौपानेले भने ।
सुरुमा उद्धार, त्यसपछि राहतमा समन्वयका लागि सेनाको उपस्थितिले स्थानीयबासीलाई निकै भर दिएको छ । पालको बसाइमा आउन सक्ने सुरक्षा खतरासमेत कम छ । राहत सामग्री वितरणमा भेद्भाव हुन नदिनसमेत सेनाले सहयोग गरिरहेको छ । ‘एउटा गाविसमा ३० जनाको दरले खटिएका छौं,’ नौबीसेमा भेटिएका क्याप्टेन सुदीप शाहले भने ।
वैशाख १२ को भूकम्पले दुर्गम बराम्चेमा मात्र ४८ जना परेको र शव जलाउने मान्छे नभएको दु:खद अवस्था उनले सुनाए । ‘कतिपयले त शव भीरबाटै फाल्दिएका थिए । हामी पुगेपछि भने उद्धार गर्ने, घाइतेलाई हेलिकप्टर मार्फत उपचार गर्न पठाउने, मृतकको शव व्यवस्थापन गर्ने काम थाल्यौं,’ शाहले भने । त्यस्ता काममा स्थानीय बासिन्दाको ठूलो सहयोग र समन्वय रहेको अनुभव उनले सुनाए ।
‍‍कुनै दिन आफैं घरबारविहीन भई काठमाडौंका सडक गल्लीमा मागेर हिँड्ने मनाङका डा. देवी गुरुङले साथ दिने क्षेत्र कुभिन्डे रोजेका रहेछन् । उनको टोली अहिले कुभिन्डे क्षेत्रमा स्कुल पुनर्निर्माण, शुद्ध खानेपानी र स्वास्थ्य चौकी बनाउन लागिरहेको छ । टोलीले नौबीसेको सेतीदेवी प्राविको भवन बनाउन २ लाख रुपैयाँ प्रधानाध्यापक खिकाप्रसाद नेपाललाई हस्तान्तरण गराइसकेको छ ।

बिदेश गएका नेपालीलाई गरौ सलाम्,गाउँलेहरुलाई मद्दत्: उभिन खोज्दै गाउँहरु