प्रत्यक दिन जोपनि संभोग गर्न चाहन्छन् । तर धेरै पटक उर्जा साथ दिदैन या क्लाईमेक्स चरमानन्द प्राप्तिमा समस्या आउछ । अर्थात संभोग गर्दा चरम सीमासम्म दिनहुँ पुग्न सकिन्न त्यसैले दिनहुँ संभोग गर्न ईच्छा लाग्दैन ।यहाँ केहि टिपोट दिईएको छ जस्लाई व्यवहारमा ल्याउन सके दिनहुँ पुरा उर्जाका साथ मुड खराब नगरिकन संभोग गर्न सकिन्छ ।
१- नियन्त्रण (कण्ट्रोल)– धेरै पुरुषहरुमा संभोग गर्नुभन्दा पहिले नै रतिनिष्पत्तिको समस्या हुन्छ । उनिहरुको विर्य संभोग भन्दा पहिले नै स्खलित हुन्छ । यसकारण संभोग गर्न पाउदैनन् । त्यसोत यो कुनै बिमारी होईन । यो त केबल व्यक्तिको मुडमा निर्भर रहन्छ । धेरै त संभोग भन्दा पहिल नै यति धेरै उत्तेजित हुन्छनकि योनीव्दारमा लिंग प्रवेश गराउनु पूर्वनै बिर्य स्खलित हुन्छ ।
यसको निम्ति जरुरी छ स्वयंलाई नियन्त्रणमा राख्नु । यदि आफुलाई नियन्त्रित गर्न सकियो भने जति चाह्यो त्यति समय संभोग गर्न सकिन्छ ।स्वयंलाई नियन्त्रित राख्न संभोग भन्दा आधा घण्टा पहिले मैथुन गर्नु पर्छ । तत्पश्चात संभोगको समयमा जब चरमानन्दमा पुग्ने समय आउछ केहिबेर रोकिनु आवश्यक छ । आफनो ध्यानलाई अर्कोतिर लैजानु पर्छ । यति यसक्रममा रोकिन मन लाग्दैन भने दिमागमा यस्तो बिचार खेलाउनु पर्छ ताकि दिमागमा तनाव उत्पन्न होस् । यसो गरेका तुरुन्त स्खलित भईदैन ।
२- फोर प्ले- जति धेरै समयसम्म फोर प्ले गरिन्छ, संभोगको मज्जा त्यतिनै बढी लिन सकिन्छ । पुरुषको तुलनामा महिलालाई फोर प्ले निकै राम्रो लाग्छ । फोर प्लेका फाईदापनि उनिहरुलाई बढी मिल्छ । यस्तो यसकारण हुन्छ पुरुषहरु त दुई तीन मिनेट मै स्खलित हुन्छन् तर महिलाहरुलाई चरमसीमा सम्म पुग्न समय लाग्छ । यसो गर्नाले महिला मित्रलाई बढी प्रसन्न राख्न सकिन्छ ।
३- संभोगको गति– संभोगको समय आफनो गतिलाई नियन्त्रित राख्न सकेमा धेरै समयसम्म संभोग कायम राख्न सकिन्छ । जोशमा होश गुमाउनाले दुबैलाई बेस्वाद हुनसक्छ । महिला या पुरुष जो माथिपट्टि हुन्छ त्यसैको गतिलाई नियन्त्रित राख्ने जिम्मेवारी रहन्छ ।
४- पार्टनरको मद्दत– धेरैपटक यस्तो हुन्छ कि पुरुष पहिलने स्खलित हुन्छन जसले गर्दा महिला मित्रहरुलाई आनन्द प्राप्तिमा निराशा नै हात लाग्छ । यसकारण माथिका उदाहरणहरुलाई ध्यानमा राखेर संभोग गर्नु उपयुक्त रहन्छ । यसो गर्नाले पुरुषको संगसंगै महिलालाईपनि चरमानन्द प्राप्ति हुन्छ र संभोगको मज्जा पनि दुईगुणा बढछ ।