सेक्स र्याकेटको अभियोगमा भारतको गोवाबाट पक्राउ परेकी अभिनेत्रीका बारेमा गोवा प्रहरीले अहिलेसम्म पूर्ण विवरण दिएको छैन । दबंग-२ र ओ माई गड’ मा काम गरेकी एक कलाकार भएको अनुमान धेरैले गरेका छन् । तर, प्रहरीले नाम सार्वजनिक नगरेसम्म्म भन्न सकिँदैन । पछिल्लो पटक पक्राउ परेकी नायिका को हुन् भन्नेमा अन्योल कायमै छ ।सेक्स र्याकेटको अभियोगमा भारतीय नायिका पक्राउ परेको यो नै पहिलो घटना भने होइन । यस अघि पनि केही दक्षिण भारतीय नायिका यही अभियोगमा पक्राउ परिसकेका छन् ।
सेप्टेम्बर २०१४ मा हैदरावाद प्रहरीले शवाना आज्मीको फिल्म ‘मकडी’ मा काम गरेकी श्वेता बसुलाई पक्राउ गरेको थियो । श्वेता हैदरावादको बञ्जारा हिल्स क्षेत्रको एक होटलवाट पक्राउ परेकी थिइन् ।
पक्राउ परेकी श्वेतालाई भारतको तल्लो अदालतले सफाइ दिए पनि ६ महिनासम्म घरमै राख्न सुझाव दिएको थियो ।
९ जनवरी २०१४ मै अर्की नायिका मिष्टी मुखर्जी एउटा जीमखानामा छापा मार्ने क्रममा पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्दा प्रहरीले ठूलो मात्रामा नीलो चलचित्रका डीभीडीसमेत जफत गरेको थियो । साथै उनी आपत्तिजनक अवस्थामा भेटिएकी थिइन् ।
तेलंगु धारावाहिक ‘हिमाबिन्दु’ मा काम गरेकी नायिका श्रावणीलाई पनि हाई प्रोफाइल सेक्स र्याकेटको अभियोगमा प्रहरीले ३ अक्टोबर २०१३ मा पक्राउ गरेको थियो । उनका साथमा जयराज स्टील मालिक सञ्जन कुमार गोयनका समेत पक्राउ परेका थिए ।
सेक्स ब्रोकरको अभियोगमा पक्राउ परेकी थिइन् अर्की दक्षिण भारतीय नायिका किन्नरा । केही तमिल र धारावाहिकमा काम गरेपछि तमिल नायिका भुवनेश्वरीले पनि यौन व्यवसाय रोजिन भन्नेहरु धेरै छन् । सन् २००९ मा चेन्नईमा मुम्बईका दुई युवतीसहित पक्राउ परेकी थिइन् उनी । उनले आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएकी थिइन् ।
हैदरावादको एक सेक्स र्याकेटमा छापा मार्ने क्रममा प्रहरीले ९ युवतीलाई निर्वस्त्र पक्राउ गरेको थियो । त्यो मध्ये दुईजना नायिका थिए सायरा बानु र ज्योती ।
लोकप्रिय दक्षिण भारतीय नायिका यमुनालाई पनि बैंगलोर प्रहरीले सेक्स र्याकेटको अभियोगमा पक्राउ गरेको थियो । बैंगलोरमा रहेको विट्ठल माल्या रोडमा रहेको एक प्रतिष्ठित होटलबाट उनी पक्राउ परेकी थिइन् ।
चलते चलते र ओम शान्ति ओम जस्ता फिल्ममा काम गरेकी दक्षिण भारतीय अभिनेत्री ऐश अन्सारी पनि सन २०१३ मा रंगेहात पक्राउ परेकी थिइन् । राईकाबाग रोडस्थित एक होटलमा अन्य तीन युवतीसँगै उनी पक्राउ परेकी थिइन् ।
