khusiman-ghaleगहुँ र जौका छ्वालीमाथि कलाको प्रयोग आफैंमा सहरी क्षेत्रका घरका निम्ति सजावटको सामान हो । यहाँस्थित तमु धीमा आश्रित भूकम्पपीडितलाई लक्ष्य गरेर १५ दिने तालिमका क्रममा सहभागीले पीर बिर्सेको बताए ।
भूकम्पले लडेको घर, घाइते आफन्त लिएर यहाँको आवधिक आश्रयमा महिना दिनदेखि बसेकी तारा घलेले भनिन्, ‘तालिम चलुञ्जेल घर र पीरले छोएन । अब भने विस्तारै मन उही गाउँमा पुगेको छ । जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ता हुन्छ ।’ गोरखा बारपाक ९ का ७१ वर्षीय खुसीमान घले घरले थिचेर अशक्त छन् । उनको ढाडमा चोट परेको छ । बसाउनु–उठाइदिनुपर्छ । उनैका लागि चार वर्ष लागेको छोरा च्यापेर कान्छी बुहारी तारा सँगै छिन् ।
‘खुसीमानकी पत्नीको गत असोजमा निधन भएको थियो । तीन छोरामध्ये एउटा साउदी र दुई जना कतारमा छन् । ताराका श्रीमान् कान्छा घले गएको ५ महिनामात्रै भएको छ । उनले भनिन्, ‘ससुरालाई निको कहिले हुने टुंगो छैन । यहाँ कतिञ्जेल बस्ने भन्ने बेटुंगोले स्कुल पठाउने उमेरको छोराको चिन्ता लाग्न थालेको छ ।’
भूकम्पमा परी घाइते भएपछि उपचारमा ल्याइएका खुसीमानमात्रै यस्ता होइनन् । यस्ता दर्जन छन् जसले छिट्टै घर फिर्न पाउने अवस्था छैन । ढाड भाँचिएका घाइते र गर्भवती महिला बढी छन् । यस्तालाई चिकित्सकले केही समयको अस्पताल भर्नापछि बेलाबेला जाँच गराउँदै रहनुपर्ने सल्लाह दिएर बाहिर पठाएका छन् । प्राकृतिक विपत्मा आवधिक गृह सञ्चालन गरे पनि यसलाई लामो समय सञ्चालन गरिरहन सामाजिक संस्थाका लागि पनि टाउको दुखाइ हुन थालेको छ ।
बारपाक ५ का २८ वर्षीय पूर्ण विकले भने, ‘मेरो तेस्रो बच्चा हुनलाई डाक्टरले साउन ८ को मिति दिएका छन् । त्यो बेलासम्म हामी गाउँ फर्किन सक्दैनौं ।’ आफ्नो चार जनाको परिवार आवधिक आश्रयमा बस्दा पनि उनलाई यो ठाउँ छाडेर जानुपर्ने दिन आउने हो कि भन्ने चिन्ता छ । विक पनि छ्वालीबाट बाल कलाकृति बनाउने तालिममा सहभागी भए । ‘तालिममा बसुञ्जेल, केके जाति बनाउञ्जेल गाउँघर र परिवारको समस्या बिर्सिने रहेछ,’ उनले भने, ‘त्यसपछि त आफ्नो पीर आफैंसँग छँदैछ ।’
विरौटाको ज्योति प्राविधिक शिक्षालयको आवधिक आश्रयमा बसेकी गोरखाको गुम्दा ५ की चीनमाया गुरुङको अवस्था पनि खुसीमानभन्दा फरक छैन । मकैको खोसेलाको पिर्का बनाउँदै बस्ने गरेकी उनले भनिन्, ‘तालिमले सिकाएको सामान बनाउन जानियो ।’ आफूलाई उठबस गराइदिनुपर्ने अवस्था निकै असहज लाग्ने उनले सुनाइन् । १६ महिनाको छोरा लिएर बिरामी सासू स्याहार्न तमु धींमा बसेकी गोरखा गुम्दा ६ की विष्णु गुरुङलाई पनि बसाइँ लामो हुँदै जाँदा गाउँ फिरेर कसो गर्ने भन्ने चिन्ताले छाडेको छैन । ऋण गरेर केही महिनाअघि मलेसिया गएका श्रीमान्लाई बोलाउन मन छैन । ‘गएको ऋण नै तिर्न सकेको छैन । घर भत्किएको छ । यता आमा बिरामी,’ उनले भनिन्, ‘परिवार सबै चिलबिल भएको छ ।’
भूकम्पलगत्तै गोरखामा संघसंस्था र व्यक्तिमार्फत सहयोग खोजेर पठाउन सक्रिय गोरखा मिलन समाज पोखराका अध्यक्ष सूर्य क्षेत्री घर बनाइदिने प्रक्रियासँगै लामो समय राख्नुपर्ने घाइतेलाई सोच्नुपर्ने अवस्था आएको बताउँछन् । ‘हामीले हेर्नुपर्ने धेरैथोक छ । पीडितको मनोदशादेखि सुरक्षा र पुनर्वासमा संघसंस्थाको प्रयासले मात्रै पुग्दैन,’ उनले भने, ‘सरकारी योजना प्रभावकारी हुनुपर्‍यो ।’ १२ वैशाखको भूकम्पलगत्तै ठूलो संख्यामा गोरखाका पीडितलाई आश्रय दिइरहेको पोखराको तमु धींका अध्यक्ष कर्मा तमुले भनिन्, ‘जहिलेसम्म सकिन्छ सेवा दिने हो । यो विपत्तिमा सबैले नजुटे कहाँ हुन्छ ।’
दुई आश्रयस्थलमा १५/१५ दिनको हस्तकला तालिम सञ्चालन गरेकी पद्मावती हस्तकला उद्योगकी सञ्चालक हीरा भट्टराईले भनिन्, ‘हामीले बसीबसी वरपर पाइने सामानबाटै बनाउन सकिने चीजको तालिम दिएका हौं । यो आर्थिक उपार्जनका लागि भन्दा पनि उहाँहरूले यति ठूलो पीर बोक्नुभएको कम होस् भनेर हो ।’ तालिमका अवधिमा धेरै सहभागी बीचबीचमा घर फिरेको उनले बताइन् । ‘जतिजति अवधि जोजो तालिममा बसे, उनीहरूले पीर बिर्सिए,’ उनले भनिन्, ‘समय कटाउने, हात र दिमागलाई व्यस्त गराउने भएकाले पनि भूकम्पपीडितको मनोदशा ठीक राख्न तालिम सहयोगी भएको महसुस भएको छ ।’
उता सरकारी राहत पनि गाउँमा पुगेको खबर सुनिरहेका आफन्तलाई उपचारमा एक्लै छाडेर जान नसक्दा छटपटिएको अवस्था भएको उनले बताइन् । ‘धेरैथोक गाउँमै गर्न सकिन्छ,’ उनले भनिन्, ‘यहाँ हामीले केही सानो इलम मन बहलाउन सिकायौं ।’ राहत र उद्धारमा सुरुदेखि नै खटिएकी धींकी सहकोषाध्यक्ष सरस्वती गुरुङको भनाइमा घर नपुगेसम्म कसैको मन निश्चिन्त हुँदैन । तर, जजसको अवस्था छिट्टै घर फिर्न अनुकूल छैन, उनीहरूका लागि गरिनुपर्ने कार्यक्रम सरकारी तवरबाट आएको छैन ।

कसरी भुलाउने पीर- भूकम्पपीडितका कुरा