केही अनलाइन मिडियामा अभिनेत्री रेखा थापा र एमाओवादीका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको सम्बन्धको बारेमा समाचार प्रकाशन भएपछि यसले बजार तताएको छ । प्रचण्ड पुत्र प्रकाश रेखा थापासँग सल्किएको लगायतका खबर सार्वजनिक भएका थिए । तर, प्रचण्ड पुत्र प्रकाशले आफ्नो फेसबुकमा रेखा थापा आफ्नो बहिनी भएको लेखेका छन् ।
उनले लेखेका छन्–‘नायिका रेखा थापा हाम्रो ऐतिहासिक माओवादी पार्टीको एउटा सदस्य, नेतृ तथा दाहाल परिवारकी एउटी छोरीको सम्बन्ध भएकी र मेरो बहिनी सरहको पवित्र नाता भएकी एउटी नारी हुन् ।’
प्रकाशले आफूहरुको कुनै अनैतिक सम्बन्धको प्रमाण भए ल्याउन चुनौती पनि दिएका छन् । रेखा थापा आफ्नो सधै बहिनी भएको भन्दै प्रकाशले आक्रोश पोखेका छन् । प्रकाशको यो स्टाटसलाई रेखाले पनि शेयर गरेकी छिन् ।