पूरक परीक्षा साउन २० गते हुने
SLC result 2072 (1)
एसएलसी परीक्षाको नतिजा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे (बीचमा) । 
                                         तस्वीर : कविन अधिकारी/अनलाइन खबर

४ असार, काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
शुक्रवार प्रकाशित नतिजा अनुसार नियमिततर्फ एक लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उर्तीर्ण भएका हुन् ।

विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।
प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।
त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
२ विषयमा अनुतीर्ण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिक विषयको नतिजा एक हप्ता ढीलो हुने
SLC result 2072 (2)
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसएलसीको नतिजा हेर्न जम्मा भएकाहरु । तस्वीर : कविन अधिकारी/अनलाइनखबर
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले बताए ।
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५,  पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक  भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन  ढिलो भएको हो ।
slc result notice

एसएलसीको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत उत्तीर्ण