samira-1

विकास राज न्यौपाने 
अमेरिका । अमेरिकामा हत्या गरिएकी दुई नाबालक कि आमा समिरा सिवाकोटीको हत्यारालार्इ कोलोनी प्रहरीले पक्राउ गरेको छ । मेरो पत्नीको  आत्माले अन्ततः शान्ति पाउने भयो, समिराका पति नवराज सिवाकोटीले  हत्यारा पक्राउपछि प्रहरीलाई भने ।
हत्या लगायत विभिन्न चोरीमा संलग्न डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस  डिपार्टमेन्टले पक्राउ गरेको हो । शनिबार हत्याराका बारेमा प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको थियाे ।
sameera criminal
विभिन्न सुराकका आधारमा हत्यारा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले समिराको हत्या गरेको औपचारिक आरोप डियोनमाथि लगाएको छ  ।
समिराको  परिवारले संचालन गर्दै आएको  र्रयापिडो स्टोर लुटेपछि हत्याराले गोली चलाएको थियो । यसबाट दुई नाबालक छोरीको आमा समिराको प्राण गएको थियो ।
हत्यापछि हत्यारा छिमेकमा लुकेको थियो । हत्याराकोबारेमा सुराक दिनेलाई प्रहरीले १० हजार  डलरको पुरस्कार घोषणा गरेको थियो । स्थानीय  प्रहरीले हत्याराको पक्राउका लागि एफवीआई, जासुसी सयन्त्र लगायत छिमेकीका प्रहरीले निकायसँग पनि समन्वय गरेको थियो ।
समिराको परिवारलाई शुक्रबार साझँ नै हत्यारा पक्राउ परेको जानकारी दिइएको थियो । अज्ञात व्यक्तिले हत्यारा लुकेको बारेमा जानकारी गराएका थिए । यी आधारमा प्रहरी परिचालन गरिएको थियो ।

अमेरिकामा हत्या गरिएकी नेपाली चेली समिराका हत्यारा पक्राउ