१६ बुँदे समझदारीमा भारतीय साथ र समर्थन छिट्टै पाइनेमा म आशावादी छु । भारतले समर्थन गरे/नगरेको भन्ने जिज्ञासाको अन्तिम जवाफ यहाँ एक/दुइ दिन भित्रमा राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि मात्रै म दिन सक्छु ।

Pushpakamal_Dahalएमाओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर दिल्लीमा छन् । संविधानको मस्यौदा जनतामाझ छलफलमा गइरहेको संवेदनशील घडीमा भारत जानु गलत रहेको भन्ने टिकाटिप्पणी चलिरहेका बेला नेता दाहालले यो भनाइको ठाडो प्रतिवाद गरे । मंगलबार सााझ दिल्ली उत्रिएका दाहालले बुधबार विदेश मन्त्री सुषमा स्वराजसाग भेटवाता गरेका छन् भने शुक्रबार राष्टपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेट गर्दैछन् । उनी सोमबार अपरान्ह काठमाडौं फिर्दैछन् । दाहालसँग दिल्लीमा ईकान्तिपुरकर्मी देवेन्द्र भट्टराईले लिएको संक्षिप्त अन्तर्वार्ता : 
अनुपयुक्त बेलामा दिल्ली भ्रमणमा आउनुभयो भन्ने चर्चा छ नि ?
यो कुरा राजनीतिक चेतना कम भएका व्यक्ति अथवा देशलाई माया गर्न नचाहने साह्रै पुर्वाग्रहीले मात्रै भन्नु स्वभाविक हो । जिम्मेवार राजनीतिक दल र तिनका नेताले आपसमा सहमति जुटाएर तयार भएको संविधानको मस्यौदा जनतामाझ गइकेको अवस्थामा छिमेकीहरुको विश्वास जित्नका लागि पनि भारतको भ्रमण ‘अनिवार्य र महत्वपूर्ण छ । फेरि भारत आएर यहाँ सकारात्मक वातावरण बनाउने काम जसले पनि हतपत गर्न सक्ने स्थिति रहन्न । म यही कारण सकारात्मक माहोल बनाउनका लागि भारत आएको हुँ ।
संसदले त तपाईं सभासदरुलाई आफ्नो संसदीय क्षेत्रमा जानुस् भनेको भनेको छ नि ?
होइन, संविधानको मस्यौदा लिए जनतामाझ जुन र जो नेता पनि जान सक्छ । तर भारत आएर सकारात्मक माहोल बनाउने भनेको अलिक भिन्न कुरा हो, मुस्किलको कुरा हो । अथवा, चीन गएर कुरा गर्न जो–जसले पनि सक्ने कुरा हो र ? यही कारण माहोल बनाउन म आएको हुँ ।
राजनीतिक दलहरुबीचको १६ बुँदेमा सहमति–समर्थन खोज्न दिल्ली आउनुभएकोमा के–कस्तो संकेत पाउनुभएको छ ? के माहोल बनिने स्थिति छ त ?
१६ बुँदे समझदारीमा भारतीय साथ र समर्थन छिट्टै पाइनेमा म आशावादी छु । भारतले समर्थन गरे/नगरेको भन्ने जिज्ञासाको अन्तिम जवाफ यहाँ एक/दुइ दिन भित्रमा राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि मात्रै म दिन सक्छु । तर प्रारम्भिक संकेत भने सकारात्मक छ ।
नेपाली भूमिभित्र पर्ने नाका लिपुलेकलाई भारत र चीनले द्वैदेशिय पारवहन विन्दू बनाएको बिरोधमा एमाओवादीले दुबै छिमेकीलाई ज्ञापन पत्र दिइसकेको छ । विदेश मन्त्री सुषमा स्वराजसँगको भेटमा यो नाकाबारे के कुराकानी भयो ? 
मैंले विदेश मन्त्री सुषमा स्वराजसँग लिपुलेक नाकाबारे गम्भीर रुपमा कुरा उठाएको छु । यसबारे दुवै देशका पदाधिकारीहरु बसेर पुराना दस्तावेज अध्यन गर्दै सहमतिमा पुग्ने आश्वासन उहाँले दिनुभएको छ । 
source:ekantipur

सकारात्मक माहोल बनाउन भारत आएको हुँ : दाहाल