पोखरा: अविरल वर्षाले पोखराका विभिन्न स्थानमा भ्वाङ पर्नुका साथै जमिन भास्सिन थालेको छ। बुधबार रातिदेखि परेको वर्षाले जमिन भास्सिन थालेपछि स्थानीय त्रसित बनेका छन्। झरीले अर्मला, नदीपुर, सिमलचौर, बाटुलेचौर, भलाम, हेम्जालगायतका स्थानमा जमिन भासिएको स्थानीयले बताएका छन् ।
घरको आँगन र बारी भ्वाङ परेर भास्सिन थालेपछि त्रासले रातभर सुत्न नसकेको नदीपुरका सुरेन्द्र परियारले बताए। 'वर्षाले छिमेकीको घरलाई नै असर पार्ने गरी जमिन भास्सियो,’ उनले भने ‘भास्सिएर खाडल परेको स्थानमा पानी भरिएकाले थप क्षति हुन्छ कि भन्ने डरले सताइरहेको छ।'

यसैगरी सिमलचौरमा घनश्याम पौडेलको घरनजिकै जमिन भास्सिएको छ। परिरहेको पानी खाडलमा भरिएकाले छिमेकीहरूलाई हारगुहार गरेको उनले बताए। ‘रातभर पानी जमेर घरको आडैमा तीन मिटरभन्दा धेरै जमिन भास्सियो,' उनले भने, ‘भ्वाङ पुर्न ढुंगा गिटी नपाएर पनि उत्तिकै दुःख पाइयो।'
source:annapurna post