
एकै वर्षमा जन्मिएका मानिसहरु पनि पछि उमेर बढ्दै जाँदा एउटै उमेरको देखिँदैनन् । अर्थात् कोही अलिक बढि पाको देखिन्छ भने कोही अलिक कम उमेरको देखिन्छ ।
आखिर एउटै उमेर हुँदा पनि कोही मानिसहरुमा किन बुढ्यौलीका लक्षणहरु अरुमा भन्दा छिटो देखा पर्छन् त ? हालैको एक अध्ययनले यसको गुह्य कुरा पत्ता लगाएको छ ।
एउटै वर्षमा जन्मिएका मानिसहरुमा गरिएको अध्ययनका क्रममा उनीहरुको वास्तविक उमेर एकै भएपनि जैविक उमेरमा भने ठूलो भिन्नमा पाइएको छ ।
अध्ययनका क्रममा सबै ३८ वर्ष उमेरका मानिसहरुलार्य सहभागी गराइएको थियो ।
त्यसक्रममा ३८ वर्षकै केही मानिसहरु यति छिटो बुढो हुँदै गएका थिगए की उनीहरुको जैविक उमेर अवकाश प्राप्त गर्ने बेलाको उमेर जत्तिकै भएको थियो ।
त्यसक्रममा ३८ वर्षकै केही मानिसहरु यति छिटो बुढो हुँदै गएका थिगए की उनीहरुको जैविक उमेर अवकाश प्राप्त गर्ने बेलाको उमेर जत्तिकै भएको थियो ।
प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ सोइन्सेज मा छापिएको अध्ययन प्रतिवेदन अनुसार मानिसको जैविक उमेरको मापनका लागि वजन, पेटको काम गर्ने तरिका तथा दाँतको तन्दुरुस्तीका विषयमा अनुसन्धान गरिएको थियो ।
उमेरमा अन्तर
न्युजिल्याण्डको एक सहरमा सन् १९७२-७३ मा जन्मिएका ९ सय ५४ जना मानिसमा अध्ययन गरिएको थियो । यो समुहका मानिसको उमेर जब २६, ३२ तथा ३८ वर्षको थियो तब वैज्ञानिकहरुले उमेर बढ्ने सँग जोडिएका विभिन्न १८ वटा फरक फरक गुणहरुको परीक्षण गरेका थिए ।
अध्ययनबाट यो जानकारीको खुलासा भयो की जब उक्त समूहका सदस्यहरुको उमेर ३८ वर्षको थियो तब उनीहरु मध्ये केही जैविक उमेर झण्डै ३० वर्षको थियो भने केहीको जैविक उमेर झण्डै ६० वर्षको थियो ।
अमेरिकाको ड्युक विश्वविद्यालयका प्राध्यापक टेरी मोफिटका अनुसार बुढ्यौली लागिसकेका मानिसहरु रफ देखिएका थिए र उनीहरुमा उत्साहको कमी देखिएको थियो ।
प्रदर्शन
रिपोर्ट अनुसार अध्ययनका क्रममा केही मानिसहरुको उमेरको बढाव रोकिएकेा थियो भने कतिपयको भने १२ महिनाको समयमा झण्डै ३ वर्षले बढिरहेको थियो ।
जो मानिसको जैविक उमेर बढि थियो उनीहरुले मस्तिष्कसँग सम्बन्धित परीक्षणहरुमा राम्रोे प्रदर्शन गर्न सकेनन् र उनीहरुको पकड पनि कमजोर थियो ।
यद्यपि धेरै मानिसको जैविक उमेर उनीहरुको वास्तविक उमेरको नजिक थियो ।
प्राध्यापक मोफिटले बीबीसीलाई बताए अनुसार जिवनको कुनैपनि क्षेत्रमा जहाँ हामीले वास्तविक उमेरको प्रयोग गर्दछौँ त्यो त्रुटीपूर्ण छ । यदि हामीलाई जैविक उमेरका विषयमा धेरै थाहा भएको भए हामीले धेरै स्पष्ट सोँच राख्न सक्छौँ ।
शोधकर्ताहरुका अनुसार एकै उमेरका मानिसमा यति कम उमेरमै निकै बढि फरक देखिने अपेक्षा गरिएको थिएन । तर अब भने यो नजिताले उमेर छिटो बढ्ने गतिलाई घटाउने प्रायोगिक तरिकाको खोजीमा मद्धत मिल्नेछ र त्यसको औषधि तयार गर्ने काममा पनि प्रयोग हुन सक्नेछ ।
बेलायतको लण्डनस्थित किंग्स कलेजका डाक्टर एन्ड्रे ड्यान्सेका अनुसार युवाहरुमा पनि यस्तो जैविक उमेर परिवर्तनको कुरा पत्ता लगाउन सकिनु निकै अनौठो कुरा रहेको बताए ।
शोधकर्ताहरुका अनुसार उमेर बढ्ने दरमा असर पार्ने कारणहरु पत्ता लगाउने कार्यमा यो पहिलो कदम हो । यसबाट धेरै कुराहरुको आँकलन गर्न सकिन्छ र त्यसमध्ये एउटा रोगहरुको रोकथाम हुनेछ ।-बीबीसी
