यदि तपाइँ कामकाजी पुरुष हुनुहुन्छ भने सचेत हुनुहोस् । हालैको एक अध्ययनले कार्यस्थलमा यौनिक रुपमा हिंसामा पर्ने पुरुषहरुको संख्यामा बढोत्तरी हुँदै गएको देखाएको छ ।अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा रोयल मेलवर्न इन्स्टियच्युट अफ टेक्नोलोजीले संयुक्त रुपमा यो अध्ययन गरेका हुन् । त्यसक्रममा पछिल्लो ६ महिनाका यौन हिंसा सम्बन्धि २ सय ८२ वटा उजुरीका विषयमा विश्लेषण गरिएको थियो ।ती उजुरमध्ये ७८ प्रतिशत उजुरीहरु महिलाले गरेका उजुरी थिए जहाँ पुरुष सहकर्मीले आफुमाथि यौनहिंसा गरेको आरोप लगाइएको थियो । 

तर ११ प्रतिशत उजुरी भने पुरुषद्वारा दर्ता गरिएकेा थियो । पीडित पुरुषहरुले आफुलाई अरु पुरुषले यौनहिंसा गरेको आरोप लगाएका थिए ।पुरुषहरु यौनहिंसाबाट पीडित हुने गरेको यो तथ्यांक अपेक्षा गरिएको भन्दा निकै उच्च रहेको शोधकर्ता प्राध्यपक पाउला म्याकडोनाल्डले बताएकी छिन् ।यद्यपि महिलाले पुरुषमाथि कार्यस्थलमा यौन हिंसा गरेको घटना भने अध्ययनका क्रममा पाइएन । समलिंगी पुरुषहरुबाट पुरुष सहकर्मीहरुमाथि बढि मात्रामा यौनहिंसा हुने गरेको पाइएको छ ।

शोधकर्ता म्याकडोनाल्डका अनुसार कार्यस्थलमा पुरुषमाथि हुने यौनहिंसा बढ्दै गएको छ र यसलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैले कुनैपनि कार्यालयका व्यवस्थापकहरु पुरुष कर्मचारीमाथि हुने यौनहिंसा रोक्न सचेत हुनुपर्ने उनले बताएकी छिन् ।शोधकर्ताहरुका अनुसार कतिपय अवस्थामा महिलाले महिलामाथि नै यौनहिंसा गर्ने गरेको पनि पाइएको छ । खासगरी हाकिम महिलाले आफ्नो कारिन्दा महिला कर्मचारीमाथि अधिकार स्थापित गर्न तथा दबाउनका लागि यौनिक दुव्र्यवहारको सहारा लिने गरेको पाइएको छ । कार्यस्थलमा हुने कुल यौनहिंसा मध्ये ६ प्रतिशत महिलाबाट महिलामाथि नै हुने गरेको पाइएको हो ।

अध्ययन भन्छ- पुरुषहरुमाथि कार्यस्थलमा यौनहिंसा बढ्दो