भविष्यमा कुनै अप्ठेरो नपरोस् भनेर बच्नका लागि निम्न नौ कुराहरुलाई गोप्य राख्नु राम्रो हुन्छ । यदि यी कुराहरु अन्य मानिसलाई थाहा भयो भने जतिबेला पनि जस्तो सुकै अप्ठेरोहरु आउन सक्छ ।
१. औषधी- मान्यता छ कि औषधीलाई अन्य मानिसदेखि लुकाएर राख्नुपर्छ त्यसो गर्नाले शिघ्र रोगबाट छुटकारा पाउन सकिन्छ । साथै औषधिलाई घाम र चरम गर्मी बाट टाढा राख्नु पर्छ । यस्ता कुरामा ध्यान दियो भने औषधि लाभकारी भएर रहेको हुन्छ
२. उमेर- धेरैजसो मानिस आफ्नो उमेर सही बताउँदैनन् । यसको कारण हो म सधैं जवान छु भन्ने प्रमाणित गर्न खोज्नु हो । उमेर कसैलाईपनि सही बताउनु फाइदाजनक नै हुन्छ । कुनै पनि कामको लागि बढ्दो उमेरले असर पार्न भने भएन । उमेर त बढ्दै जान्छ नै साथसाथै उर्जा र उत्साहमा कम हुनु भएन । यो कुरा सम्भव छ जब उमेर हाम्रो दिमागमा हावी हुँदैन त्यसैपनि अर्थात कम उमेरमै रोगी देखिन्छ तर कोही बुढो भै सक्दा पनि हट्टाकट्टा नै हुन्छन् । जे पनि उमेरले गर्दा हो भन्ने मानसिकता हटाउनु पर्छ । कुनै कुरा भएन पुगेन सकिएन भने उमेरले गर्दानै होला भन्ने जस्ता कुरा सोची राख्नुको अर्थ छैन सधैँ उर्जावान हुनु जरुरी छ ।
३. पति पत्निका बीचका कुरा> अधिकांश परिवारमा सामान्य वादविवाद हुन्छ यो सामान्य कुरा हो । यो कुरा सानो पनि होइन । घरभित्रको झगडा वैमनश्यता बाहिरका कुनै मानिसले पनि थाहा पाउनु हुँदैन । साथै पतिपत्नी बिच हुने सबैखाले कुराहरु गोप्य नै हुनु पर्छ । यस्ता विषयमा चासो राख्नेहरुले गर्दा समाजमा आफ्नो प्रतिष्ठा कम हुँदै जान्छ । जसले गर्दा कुनै परिवारको अहित चाहनेहरुका लागि यस्ता कुरा फाइदाजनक मौका हुन सक्छ र त्यसबाट उसले लाभ उठाउँछ ।
४. धन- हानी वा नोक्सान आजको जमाना यस्तो भई सक्यो कि धन नै शक्ति हो । जो सँग धन छ उ मान्यजन, प्रतिष्ठिीत, बलबान अथवा भनौं सर्वगुण सम्पन्न मानिन्छ, भलै उ र उसका व्यवहार हरु जतिसुकै निकृष्ट हुन। धनका आधारमा नाता जोडिने या भत्किने सम्म हुन्छ । यस्तो अवस्थाका बीच यस कुराको गोप्य राख्नु राम्रो मानिन्छ ।त्यस्तै धन हानीको कुरा पनि हो । जब धन नोक्सान हुन्छ जता ततैबाट नाता तोडिँदै जान थालेको अनुभव हुन थाल्छ । जो हिँजो आफ्ना नजीकका थिए ति टाढीँदै जान्छन् बन्न लागेका काम पनि बिग्रँदै जान्छन् । त्यसैले भए पनि नभएपनि यसका बारेमा कुरै नउठाउनु राम्रो मानिन्छ ।
५. अपमान- यदि कसैले तपाईंको ठाउँ कुठाउँ अपमान गरिहाल्यो भने पनि त्यसलाई पचाउनुहोस् र जडकुरा पत्तालगाई गल्ती भए आफुलाई सुधार्नुहोस् र सच्याउनुहोस् । तर बाहिर नल्याउनुहोस् । गोप्य नै राख्नुहोस् । किनकी कसैले त्यही कुरालाई बढाईचढार्इं गरी मजाक मा तपाईंको चरित्र हत्या गर्न सम्म सक्ने छन् ।
६. मन्त्र-गुरुद्धारा प्राप्त गरिएको हरेक मन्त्रको गोप्य राख्नु राम्रो हुन्छ । किनकी गुरुमन्त्र त्यतिबेलामात्र सिद्ध हुन्छ कि जब यसलाई गोप्य राख्न सकिन्छ । यसलाई सफल बनाउन र यसबाट फाइदा लिन नै गोप्य राख्नु जरुरी हुन्छ ।
७. दान- गोप्य दानलाई विशेष महत्वपूर्ण मानिन्छ । धार्मिक मान्यता अनुसार जो मानिस गोप्य दान गर्छ उसलाई पूण्य मिल्छ । देवी देवताका कृपाले उसलाई धेरै सुखसुविधा प्राप्त हुन्छ । अरुलाई बताएर थाहा दिएर गरिएको दानले पूण्य प्राप्त हुँदैन ।
८. पद प्रतिष्ठा- यदी कर्मकै कारण तपाई ठूलो पदमा आसिन हुन पुग्नु भएको छ भने मानसम्मान प्राप्त गर्नु भएको छ भने आफ्नो तर्फबाट त्यसलाई गोप्य राख्नु राम्रो हुन्छ । भन्दै हिड्नु राम्रो हुन्न किनकी अरुले आफ्नै हिसाबले थाहा पाउनु र आफुले भनेर थाहा पाउनुमा धेरै फरक मानिन्छ । किनकी ओहो ! हेर्दा त्यस्तो भएपनि मान्छे तर तगडा रहेछ विद्वान रहेछ है ! भन्ने मानिसमा छाप पर्छ । जुन अदृश्य भएर पनि बलबान हुन्छ । उ सधैं आफुप्रति आकर्षित भई रहन्छ । त्यस्ता कुरा आफैले भनियो भने अंहकारी भइन्छ अरुका नजरमा । आफुपनि पतनको बाटो तिर लाग्न सकिन्छ । अहंकार बढ्न सक्छ ।
९. रतिक्रिया- पति पत्नि बिचका मात्र हुने गोप्य शारीरिक सम्बन्धलाई रतिक्रिया भनिन्छ । यो कार्य सम्बन्धितलाई बाहेक अरु नभने सम्म थाहै हुँदैन । यस्तो कुरो पनि कसैले थाहा पाउनु भनेको आफैले आफ्नो कुरा खोल्नु हो । यस्तो कुरा त गोप्य राख्न सकिएन भने अरु कुरामा तपाईलाई कसैले पनि विश्वास नगर्न सक्छ