ब्युटी पार्लरमा काम गर्ने एक युवतीको अश्लील भिडियो बनाउने र उनीसँग बारबार जबरजस्त यौन सम्बन्ध राखेको घटना सार्वजनिक भएको छ ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले ब्युटी पार्लरकी मालिक तथा उनका पतिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनले नै पतिलाई अश्लील भिडियो बनाउन सघाउने गरेको खुलासा भएको छ ।बलात्कारपछि अश्लील भिडियो बनाएपछि तनाबमा परेकी युवतीले आत्महत्याको कोशिश गरेपछि घटना सार्वजनिक भएको हो ।प्रहरीका अनुसार भारतको इन्दौरस्थित सीजर आर्ट ब्युटीपार्लरमा उक्त घटना भएको हो। जेन्ट्स पार्लर बंटी बर्मा र लेडिज पार्लर उनकी पत्नी रिंकु बर्माले चलाउँदै आएका थिए ।
उनीहरुविरुद्ध १९ वर्षीय युवतीले बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी हुन् । उनले आफूले आर्थिक अभावका कारण ७ महिनाअघि काम सुरु गरेको र २ महिना पहिले बंटीले जुसमा नशालु पदार्थ मिलाएर खुवाएर अश्लील भिडियो बनाएको उनको दावी छ ।
सोही भिडियो देखाएर धम्की दिँदै बलात्कार गरेको उनले बताएकी छन् । युवतीले घटनाबारे रिंकुलाई भनेपछि उनले थप अर्को भिडियो बनाएकी थिइन् ।उनले भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पतिको जेन्टस् पार्लरमा काम गर्न बाध्य पारेकी थिइन् । यवतीले शुक्रबार बिष सेवन गरी आत्महत्याको प्रयास गरेपछि घरमालिकले घटनाबारे सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो ।