सुन्दरता, आम मानिसको जीवनमा सबैभन्दा बढी महत्वकांक्षा राख्ने मध्येको एक हो । सुन्दर हुनु र आफ्नो सुन्दरता कारण संसारभरी दैनिकजसो चर्चामा आइरहन पाउनु सबैको भाग्यमा नहुन सक्छ । तसर्थ, आजका युवा पिंढीहरु जो हरपल सुन्दर देखिनकै लागि प्रयासरत रहेपनि चर्चाको प्रसिद्धि भने उनको भागमा नपरेको आभाष हुन्छ । तर, त्यस्तै भीडबाट उम्केका विश्व सुन्दरीहरुको चर्चामा छौ हामी जो सुन्दरताकै कारण संसारभर दैनिक जसो चर्चामा रहेका छन् । सुन्दरताकै कारण प्रसिद्ध त छन् नै साथै लोभलाग्दो आम्दानी गर्न पनि उनीहरु सफल छन् ।कुरा हामी गर्दै छौ फेसन उद्योगको, यो क्षेत्र यस्तो हो जहाँ सुन्दर युवतिका लागि नाम र दाम दुवै छन् । संसारमै सुन्दरताको प्रदर्शनका लागि नाम कमाएको यस उद्योगमा बर्षेनी हजारौ युवतिको आगमन हुनेगर्दछ । जसमध्ये केही युवति संसारकै सुन्दर र चर्चित महिला बन्न सफल भएका छन् । विशेष गरी हलिउडलाई सुन्दर महिलाहरुको नगरी भनेर सम्बोधन गर्दा अतिशयोक्ति नहोला ।
सन् २०१५ मा हलिउडको मोडलिङ क्षेत्रमा नाम र दाम कमाउन सफल १० हलिउड सुन्दरी को–को हुन् त ?
(१०) हैदी मउन्ट
.jpg)
अमेरिकी मोडलिङ क्षेत्रकै एक प्रसिद्ध नाम हो हैदी मउन्ट । सुन्दरता र आकर्षक प्रस्तुतिका कारण हैदिले मोडलिङ क्षेत्रमा आफ्नो नाम प्रसिद्ध गर्न सफल भइन् । सन् १९८७ को अप्रिल ६ मा अमेरिकाको साल्ट लेक सिटीमा जन्मेकी निलो आँखा भएकी यी २८ बर्षिय सुन्दरीले २००३ मा “फोर्ड मोडल्स”बाट आफ्नो करियरको सुरुवात गरेकी हन् ।
(९) क्रिस्टिन ब्रिंकली
.jpg)
उमेरले ६ दशकको यात्रामा रहेकी क्रिस्टिनको सुन्दरतालाई उनको बुढ्यौली उमेरले कुनै प्रभाव पारेको छैन । सन् ७० र ८० को दशककी “सेक्सी” मोडल क्रिस्टिन आज पनि आफ्नो सुन्रताकै कारण उतिकै लोकप्रिय रहेकी छिन् ।
(८) कार्लि क्लोज
(८) कार्लि क्लोज

सन् १९९२ मा अमेरीकाको सिकागोमा जन्मीएकी कार्लि युवा पुस्ताकै चर्चित मोडल मध्येकी एक हुन् । फेशन जगतकै “हट” मोडलका रुपमा लिइने कार्लि संसारकै ५० सुन्दर मोडल मध्ये ७ औँ स्थानमा रहेकी छिन् । ६ फिट १ ईन्च अग्ली कार्लिले सन् २००६ देखि १४ वर्षको उमेरमानै मोडलिङ सुरु गरेकी हुन् ।
(७) जोन स्माल्ज

सन् २०१२ मा उनलाई “मोडल डट कम ” ले विश्वकै उत्कृष्ट मोडल मध्ये पहिलो स्थानमा राख्यो । काली सुन्दरी जोन स्माल्ज पनि विश्वकै “हट एन सेक्सी” मोडल हुन् । मनोविज्ञानमा स्नातकोतर स्माल्ज ले मोडलिङ क्षेत्रमै लागेर नाम र दाम दुवै कमाउन सफल भईन् ।
(६) डिभोन ओकी

निर्दोश मुहार र सुन्दर फिगरका कारण डिभोन ओकी मोडलीङ दुनियाँमा प्रख्यात छिन् । सन् १९८२ मा अमेरिकाको न्युयोर्कमा जन्मेकी डिभोन उत्कृष्ट फेशन सेन्स र आकर्षक जिउडालका कारण मोडलिङ क्षेत्रमा जम्न सफल भइन् । जापनीज् बाबु र अमेरिकी आमाकी छोरी यी ३२ वर्षिय सुन्दरीले १३ वर्षको उमेरदेखिनै मोडलिङ सुरु गरेकी हुन् ।
(५) निक्कि टेलर

निक्कि टेलरले पनि सानै उमेरमा मोडलीङ सुरु गरिन् । सन् १९७५ मा फ्लोरिडामा जन्मेकी यी ४० वर्षिय सुन्दरीले मोडलिङ क्षेत्रबाटै नाम र दाम कमाउन सफल भईन् । १३ वर्षको उमेरमानै उनले “ईरिनी मारिय मोडल्स”का लागि साईन गरिन् । उनी सन् १९८९ मा “सेभेन्टिन् ” म्यागजिनको कभरमा प्रस्तुत भएकी थिईन् ।
(४) एड्रियाना लिमा
.jpg)
ब्राजिल,साल्भाडोराकी एड्रियाना लिमा संसारकै हट एन्ड सेक्सी महिला मध्येकी एक हुन् । १५ वर्षको उमेरदेखी मोडलिङ सुरु गरेकी लिमाले धेरै फेशन कम्पनीका लागी काम गरिन् । एड्रियानालाई मोडलिङ क्षेत्र मार्फत सर्वाधिक कमाई गर्ने मोडलका रुपमा लिइन्छ ।
(३) अलेसान्ड्रा एम्ब्रोसियो
.jpg)
ब्राजिलकै अलेसान्ड्रा एम्ब्रोसियो पनि मोडलिङ जगतमा सर्वाधिक रुचाईएको मोडल मध्येकी एक हुन् । सन् १९८१ अप्रिल ११ मा ब्राजिलको इरेक्हिममा जन्मेकी ३४ वर्षिया यी सुन्दरीले “क्यासिनो रोयल”,“द भिक्टोरीयज सेक्रेट फेशन सो” जस्ता सिनेमामा समेत अभिनय गरेकी छिन् ।
(२) केटी पेरी
.jpg)
क्याथरीन एलीजावेथ हड्सन्, जो केटी पेरी नामले प्रख्यात छिन् । सन् १९८४ मा अमेरिकाको क्यालिफोर्नीमा जन्मेकी केटी संसारभर मोडल एवं गायीकाको रुपमा परिचित छन् । विशेष गरी संसारभरका युवा माझ लोकप्रिय बन्न सफल केटी गायीनका साथै मोडलिङमा समेत पोख्त छिन् । महिनाको १२ लाख ५० हजार डलर कमाउने केटी गीतकारका रुपमा समेत परिचित छन् ।
(१) मिराण्डा केर
.jpg)
मिराण्डा केर सन् २०१५ को सर्वाधिक रुचाईएको मोडल हुन् । १३ वर्षकै उमेरमा सन् १९९७ मा डली म्याजिनको मोडल प्रतिस्र्धामा भाग लिएकी मिराण्डा सो प्रतिस्पर्धामा विजयी समेत भईन् । निला र गहिरो आँखा भएकी यि सुन्दर अष्ट्रेलियन मोडल सुन्दरताकै कारण संसारभ प्रख्यात छिन् ।