निगुरो बेचेरै परिवारको गुजारा
पथरी (मोरङ), १३ साउन । हरेक दिन बिहान झोलामा खाजा बोकेर ५३ वर्षीय नरबहादुर कार्की र कमला कार्की निगुरो खोज्न जङ्गलतर्फ हानिन्छन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सीमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरो बचेरै उनीहरुले खाद्यान्नको जोहो गर्ने गरेका छन् ।
कार्की दम्पत्तिमात्र होइन डाँगीहाट–४ मोरङकी ४८ वर्षीया पद्मामाया गुरुङ, १० वर्षीय दिवस पुरी, ६८ वर्षीया फूलमाया धिमाल, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उहाँकी जीवन सङ्गिनीले सोममाया तामाङलगातय झन्डै ४०० सर्वसाधारणको दिनचर्या यसरी नै बितिरहेको छ । उनीहरुले टिपेको निगुरो मोरङको उर्लाबारीको महेन्द्र राजमार्ग सडकखण्डदेखि बेलबारीसम्मको सडकको छेउछाउमा बिक्री गर्न थालिने गरेको छ । सामान्यतया महिला र पाकाहरूले दैनिक १०० मुठा र बालबालिकाले ५० मुठासम्म निगुरो खोज्छन् र ठेकेदारलाई रु प्रतिमुठा रु १० का दरले बेच्छन् ।
श्रीमान्ले कान्छी ल्याएपछि जीवनबाट निरास हुनुभएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीया पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहनुभएको छ । पद्मामाया भन्नुहुन्छ, “दैनिक ५०÷६० मुठा निगुरो खोज्छु र बिक्री गर्छु ।” चौध वर्षीय देवराज गुरुङले आमा पद्मामायालाई सहयोग गरिरहेका छन् । दश वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउँला जस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चार वटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्छन् । ६८ वर्षीया फूलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरनुभएको छ ।
त्यस्तै मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उहाँकी जीवन सङ्गिनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । यो वर्ष ढिलो पानी परेकाले जङ्गलमा निगुरो पनि ढिलो गरी पलायो । त्यसैले उहाँहरूलाई वर्षभरि जाउलो खाने खर्च जुटाउन नसकिएला कि भन्ने चिन्ता छ । निगुरो ठेक्का गरेर लाने छजना ठेकदारमध्ये भिम चापागार्इं सबैभन्दा पुराना हुनुहुन्छ । भन्नुहुन्छ, “विसं २०३६ देखि बाबुले यो पेसा गर्नुहुन्थ्यो । यही पेसाबाट घर चलेको थियो र चलिरहेको छ ।”
महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्नुहुन्छ, “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।” झन्डै ४५० परिवारको दैनिक घर खर्चमात्र चलेको छैन आठ÷नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोकै आम्दानीले गरिदिएको छ ।
निगुरोको व्यावसायिक तरकारी खेती गर्दा अझ उपयुक्त हुने जिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ । रासस