
निक नेपाल २०७२ साउन १२ गते १७:३३
एजेन्सी । सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । ३०
हजारबाट घटेर सुनको भाउ करिब २४ हजार नजिक पुगेको छ । तर
अझै पनि दाबी गरिएको छ कि यो भाउ २० हजारसम्म पुग्ने छ ।
तर यो २० हजार भारतीय रुपैयाँ हो ।
जसअनुसार नेपालमा सुनको तोलामा ३२ हजार रुपैयाँसम्म पुग्ने छ
। अहिले नेपालमा तोलाको ४८ हजारमा कारोवार भइरहेको छ ।
इन्वेस्टमेन्ट बैंकर मार्गन स्टेनलीले आफ्नो रिपोर्टमा भनेका छन्-
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेर ८०० डलर प्रति
तोलासम्म आउन सक्छ । जसका कारण घरेलु बजारमा पनि सुनको
मूल्य तोलाको २० हजार रुपैयाँ तोकिने छ । भने नेपालको घरेलु
बजारमा ३२ हजार तोकिने छ ।
मार्गन स्टेनलीको रिपोर्टमा सुनका लागि वातावरण खराब
हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति तोला १०८६.१८
मा झरेको थियो, जबकि यो मुल्य २०१० पछि कै सस्तो थियो ।
२००८ मा सुनको मूल्य तोलाको ८०० डलर थियो । मार्गन
स्टेनलीले २०१५ का लागि औसत मूल्य ११९० डलर रहने अनुमान
गरेका छन् ।
गोल्डमैन सैक्सका अनुसार अमेरिका ब्याजदर बढ़ाउने तैयारी
गरिरहेको छ, जसका कारण डलर बोलियो हुँदैछ । त्यहीकारण
लगानीकर्ता सुनमा पैसा लगाउन छाड्नेछ । गोल्डमैनका अनुसार
त्यसपछि सुनको मूल्य १००० डलर प्रति तोला सम्म घट्न सक्छ ।
यी कारणबाट सुनको मूल्य २० हजार भारु अर्थात ३२ हजार
नेपाली पुग्न सक्छ :
१) अमेरिकामा ब्याजदर बढ्ने सम्भावना ।
२) डलर इण्डेक्स लगातार बोलियो हुनु (डलर बोलियो हुने
वित्तिकै सुनको भाउ घट्छ) ।
३) चीनमा माग घटेपछि भण्डार गरिएको सुन सस्तोमा आयात
हुनु ।