चलचित्र ‘नाई नभन्नु ल ४’मा खेल्ने पक्का भनिएका नायक आर्यन सिग्देल अब यसका नहुने भएका छन् । चलचित्रको छायांकन भुकम्पका कारण प्रभावित भएपछि आर्यन र निर्देशक विकास आचार्यको समय मिल्न नसकेको हो ।भदौबाट छायांकनमा जाने चलचित्रका लागि आर्यन सिग्देल पक्का भएको जानकारी विकासले यसअघि नै दिएका थिए । आर्यनले पनि यो चलचित्र खेल्ने बताइसकेका थिए । 

तर, अन्तिम समयमा आउँदा आर्यन सिग्देल यो चर्चित सिक्वेलबाट बाहिरिएका छन् ।चलचित्रमा अनुभव रेग्मी र नायिका प्रियंका कार्की खेल्ने पक्का छ । निर्देशक तथा निर्माता विकास आचार्यले भने-‘आर्यनले पुरा समय दिनुपर्ने भयो । तर, उहाँले पूर्ण समय दिन सक्नुहुन्छ जस्तो लागेन । यसैले हामीले काम नगर्ने सल्लाहा गरेका हौं ।’आर्यन नहुने भएपछि अहिले नयाँ कलाकारको खोजी धमाधम भैरहेको छ । 

निर्देशक आचार्यले अनुभवसँगै पूर्ण समय दिनसक्ने कलाकारको खोजी गरिएको बताए । नायक जीवन लुइटेल बाहिरिएपछि यो चर्चित चलचित्रको सिक्वेलमा आर्यन भित्रिएका थिए ।यो चलचित्र खेल्दा आर्यनलाई फाइदा पनि भएको थियो । तर, अन्तिम समयमा आएर ‘नाई नभन्नु ल ४’मा आर्यनले नखेल्ने पक्का भएको हो ।

‘नाई नभन्नु ल ४’ मा अटाएनन् आर्यन, अनुभवसँग खेल्ने यूवकको खोजी