राष्ट्रपति रामवरण यादवकी पुत्री अनिता यादवको नेतृत्वमा रहेको बिपी सामाजिक केन्द्र धनुषाले भूकम्प प्रभावित सिन्धुपाल्चोकका जनताका लागि करिब १० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
उक्त केन्द्रले ती सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।

राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव उक्त संस्थामा अध्यक्ष रहेकी छन् ।

मानवीय तथा सामाजिक दायित्वबोध गरेर उक्त संस्थाले सिन्धुपाल्चोकवासीलाई राहतस्वरुप दुई हजार थान कम्बल, एक हजार थान तन्ना, ५०० थान बिछौना र २५० थान त्रिपाल उपलब्ध गराएको केन्द्रका सचिव सञ्जयकुमार यादवले जानकारी दिए ।

हस्तान्तरण गरिएका राहत सामग्री झन्डै १० लाख मूल्य बराबरका भएको र ती सामग्री विभिन्न व्यक्ति र सङ्घ संस्थाबाट सङ्कलन गरिएको उनले जानकारी दिए ।

सो संस्थाले यसअघि पनि विभिन्न जिल्लाका भूकम्पपीडित जनतालाई खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रपतिकी छोरी अनिताको मन पग्लिएपछि…