एजेन्सी : यदि तपाइँ फेसबुक र ट्विटरसहितका अन्य सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ? ती सामाजिक सञ्जालमा छिनछिनमा स्टाटस पोसट् गर्नुहुन्छ भने होसियार हुने बेला भएको छ ।

भारतमा प्रहरीले फेसबुकको स्टाटस हेरेर चोरी गर्ने एउटा गिरोहलार्इ फन्दामा पारेपछि चोरीका लागि सामाजिक सञ्जालको प्रयोग भएको तथ्य बाहिर अाएको छ ।

सामाजिक सञ्जालका स्टाटस हेरेर घर फोर्न जाने गिरोहको जीवन शैली यति आलिशान थियो कि उनीहरूमाथि शंका गर्न गाह्रो हुन्थ्यो ।

सामाजिक सञ्जालमा कसैले  आफू घरबाहिर रहेको स्टाटस हाल्नेबित्तिकै उनीहरू चोरीको योजना बुन्थे । यो गिरोहले फेसबुकको स्टाटस र ट्विट हेरेकै भरमा चोरी गर्न सफल हुन्थे ।

यी हार्इटेक चोरलार्इ प्रहरीले फन्दामा पारेपछि करिब ८० लाख रूपैयाँ बराम गर्न सफल भएको छ । यो चोरको गिरोहले भारतको मध्य प्रदेशमा मात्रै नभएर छिमेकी प्रदेशसम्म पुगेर चोरी गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ  ।

भारतीय प्रहरीले यो गिरोहलार्इ पक्रेपछि उनीहरूको साथबाट २ किलो चाँदी, ३३ किलो सुन र करोडाैं मूल्यको कार पनि बरामद गरेको छ । प्रहरीले यो समूहबाट कार्तुस पनि बरामद गरेको छ ।

मध्य प्रदेशको खन्डवा पुलिसले यी चोरका समूहलार्इ तीन दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । पुलिसले यी चोरका समूहबाट अन्य ठूला चोरीका घटना पनि बाहिर अाउने अनुमान गरेको छ ।

फेसबुकको स्टाटस हेरेर करोडाैंको चोरी