निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरै रोग ठीक हुन्छ। आज हामी तपाईलाई निमका फाइदाका बारेमा जानकारी गराउछौँ
निमका फाइदाहरु
-निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।
-निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।
-निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।
-निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।
-निमको ९/१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।
-निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।
-निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।
-निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।