यदि यो राशिका ब्यक्तिको कुण्डलीमा मंगल-सूर्यको युति छ भने यस्ता ब्यक्तिको शरीर दुब्लो र पातलो हुन्छ। यो राशिका ब्यक्ति घमण्डी र रिसाहा समेत हुन्छन् ।वृष राशिका ब्यक्तिसँगको सम्बन्ध भने मजबूत हुन्छ किन भने यिनीहरु जीवनभर सम्बन्धप्रति इमान्दार हुन्छन् । वैवाहिक जीवन राम्रो हुन्छन् ।
यिनीहरु दिलदार, निर्मल हृदय, हंसमुख स्वभावका हुन्छन् ।यिनीहरुलाई कम्प्यूटर क्षेत्रको काम मन पर्छ वृष राशिको चिन्ह बहर हो यो राशिका ब्यक्ति पारिश्रमी हुन्छन् । सामान्यतया शान्त रहने यिनीहरु रिसाएभने उग्र रूप धारण गर्न बेर लाउँदैनन् ।
पिता-पुत्र कलह
यो राशिका ब्यक्तिको जीवनमा पिता-पुत्रबीच कलह हुने सम्भावना हुन्छ । आमासँग समेत यिनीहरुको सम्बन्ध तनावपूर्ण हुने हुन्छ ।यो राशिका ब्यक्ति सौन्दर्य प्रेमी र कला प्रिय हुन्छन् ।