अधिकारवादीको कोकोहोलो मच्चिएर हाम्रोमा परम्परागत सामान्य दाइजोको समेत विरोध भइरहँदा कतैभने गाई बस्तुसँग मान्छेको किनबेच भइरहेको छ । समाचार अनुसार केन्यामा आदिवासी समुदायमा केटापक्षले गाई, बाख्रा देखी उँट दाइजो लिएर छोरीचेलीहरुलाई बिहे गरिदिने चलन रहेको छ ।
वाह्य समुदायका लागि असोचनिय लाग्ने यो परम्परामा बालिका तथा किशोरीहरुलाई उनीहरुका अभिभावकले केटापक्षबाट दाइजोको रुपमा गाइवस्तु लिएर आफ्नी छोरी दिनेगर्छन् ।

जसमा २० वटा बाख्रा, १० वटा गाइ तथा ३ वटा उँटमा छोरी साट्ने गरिन्छ । यहाँसम्मकी गाईबस्तु पाएका केटीपक्ष खुसी हुन्छन् भने वस्तुभाउ लिन तँछाडमछाड नै हुनेगर्छ ।
यो चलक केन्याको पोकोट आदिवासी समूदायमा विद्यमान छ । केटी पक्षलाई बुझाउनुपर्ने गाइवस्तुको बार्गेनिङमा कुरो मिलेपछि बेहुलो आएर जबरजस्ती बेहुलीलाई लिएर जान्छन् ।

बिहे अघि उनीहरुलाई एक महिना छुट्टै राखिन्छ । कुरो मिलेपछि बाउआमाले बिहेको चाँजोपाँजो गरेर आफुलाई सिँगार्न थालेपछि मात्र बालिका तथा किशोरीहरुले आफुलाई गाइवस्तुको भाउमा बेच्न थालेको थाहा पाउँछन् ।

सानै उमेरमा अपरिचित केटाको बेहुली बनेर जानुपर्दा धेरै किशोरीहरु रोइकराइ गरेर भाग्ने प्रयास गरेपनि सक्दैनन् । यसरी दाइजोको रुपमा केटी पक्षलाई बुझाउनुपर्ने वस्तुभाउहरु किस्ता किस्तामा बुझाइन्छ र बेहुली लग्ने दिनमा एउटा पशु लिएर केटा पक्ष केटी लिन आउँछन् ।

बारिन्गो काउन्टीस्थित पोकोट आदिवासी इलाकामा झण्डै १ लाख ३३ हजार पोकोट आदिवासीको बसोबास छ । केन्यामा बालविवाह कानून विपरीत भएपनि यस्तो अनौठो चलनको बिहे गर्नेमा अधिकाशं बालिकाहरु हुन्छन् ।

पोकोट समुदायमा किशोरावस्थामा पुग्नु अगावै बालिकाहरुको योनीच्छेदन गरिदिने चलन पनिरहेको छ । कैँची वा ब्लेडको माध्यमबाट योनीको केही भाग काटिदिने र त्यसपछि घाउ निको नहुन्जेल सम्म खुट्टा चलाउन नमिल्ने गरि बाँधिदिने कठोर चलन छ ।

साथै बालिकाहरुको कपाल समेत खौरिदिने चलन छ । यसरी योनीच्छेदन गरेपनि आफ्ना छोरीचेलीहरु पवित्र हुने मान्यता अभिभावकहरुमा छ ।

गाईबस्तुसँग छोरी बेच्ने चलन (फोटो फिचर)